728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डको सट्टा निधिले पाए देश चलाउने जिम्मा

    काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने राजकीय भ्रमणका लागि भारत जाने भएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।


    बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निधिलाई कार्यबाहक प्रधानमन्त्री तोकेको हो ।

    प्रचण्डपछि बरियताक्रममा दोश्रोमा रहेका निधिलाई कार्यबाहक प्रधानमन्त्री दिने निर्णय भएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए ।


    भारतीय समकक्षी नरेन्द्र मोदीको विशेष निमन्त्रणामा प्रधामन्त्री प्रचण्ड बिहीबार बिहान ११ बजे भारत प्रस्थान गर्ने कार्यक्रम हरेको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डको सट्टा निधिले पाए देश चलाउने जिम्मा Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top