728x90 AdSpace

  • ताजा ताजा

    सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, १७ भदौ–  सिंहदरबारभित्रै कर्मचारीहरु कार्यालय समयमा तास खेलेको भन्दै आएका समाचारप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।


    प्रधानमन्त्रीले यस विषयमा आजै मुख्य सचिवलाई तत्काल छानबिन गरी संलग्नहरुमाथि कानुन बमोजिम कारवाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आफू १० बजे नै सिंहदरबार आएर जनताको काम गर्ने भन्दै सबै कर्मचारीहरुलाई कार्यालय समयमा उपस्थित रहेर जनताको काम गर्न तथा कुनै पनि गलत काम नगर्न निर्देशन दिए।

    बिहीबार प्रधानमन्त्री कार्यालय परिसरमै सरकारी कर्मचारी तास खेलेको भिडियोसहित मिडियामा समाचार आएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । 
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top