728x90 AdSpace

  • ताजा ताजा

    सामुदायिक समस्या, सम्भावित उपाय र हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम

    हेल्प मधेशी कतार च्याप्टरको आयोजना र पहल नेपालको संयोजनमा सामुदायिक समस्या, सम्भावित उपाय र हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हिजो अशोज ८ गते नया वानेश्वर स्थित सफा चौरासी व्यंजनमा सम्पन्न भएको छ।

    हेल्प मधेशी कतारमा रहेका नेपालीहरुका साझा संजाल हो जुन मधेशलाई लक्षित गरि कोष निर्माण गरि समाजिक कार्यमा सत्योग तथा पहल गर्ने गर्दैछ। अहिले हेल्प मधेश पछिल्लो मधेश आन्दोलनका शहीद परिवार लाई निरन्तर सहयोग गर्दै आएको छ।

    पहल नेपालु देश भित्र र बाहिरबाट सामाजिक कार्यमा सक्रिय र रुचि राख्ने नेपालीहरुको साझा संस्थाको रुपमा रहेको छ। पहल नेपालमा संग्लन सामाजिक अभियन्ता सरोज राय र उनका टिमले विभिन्न प्राकृतिक प्रकोपको बेला सहयोग पुर्याउने काम गर्दै आएको छ। साथै शहिद परिवार, कुष्ठ रोगि, अपांग, गरिव, विपन्न वर्ग आदि लाई निरन्तर सहयोग पुर्याइरहेको छ।

    यस कार्यक्रममा कोइ पनि प्रमुख अतिथि थिएन र न कोई प्रमुख वक्ता थिए, विभिन्न सामाजिक कार्यमा आवद्ध सहभागी भएकाहरुले नै आ आफ्नो महत्वपूर्ण विचार राखेका थिए।

    विचार राख्ने क्रममा कतारबाट हेल्प मधेसीमा प्रमुख भूमिका निभाई रहेका ई विरेन्द्र साहले कतारमा कार्यरत् करिव ३००० मधेशीहरु हेल्प मधेशीमा आवद्ध भईसकेका छन् र विभिन्न कार्यक्रम गरि मधेश र मधेशीको स्तर उठाउन फन्ड जम्मा गरिरहेका जानकारी गराए। ुएक व्यक्ति एक रियालु भन्ने अभियान मार्फत पनि सहयोग राशी जम्मा भईराखेको अवगत गराए।

    अहिले सम्म १४ शहिद परिवारलाई हरेक महिना सहयोग राशी उपलब्द गराई रहेको, आगलागी र बाढ पिडितलाई सहयोग गरिसकेका तथा आउने दिनमा असहाय मधेशीहरु लाई सहयोग आफुहरु तैयार रहेको समेत विरेन्द्र जी ले बताए।

    सामाजिक अभियन्ता सरोज राय र उनका टिम पहल नेपालको माध्यमबाट शुरु गरिरहेका अभियान बेटी पढाउ, बेटी बचाउ मा हेल्प मधेशीले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता विरेन्द्र जी मार्फत भएको छ।

    विचार राख्ने क्रममा सामाजिक अभियन्ता सरोज रायले आफु अहिले सम्म मेसेन्जरको रुपमा काम गर्दै आएको अथार्त असहायहरुको समस्या सहयोगीहरुको बीच राखेको र सहयोगीहरु बाट प्राप्त सहयोग असहाय सम्म पुगाउने गरेको छु तर अब आउने दिनमा केहि प्रभावकारी योजना तहत समाजीक कार्यलाई अगाडी बढाउने बताए। सप्तरी बाढ पिडितको लागि घर बनाउने योजना यहि दशैँबाट शुरु गर्ने र चांडै बेटी पढाउ, बेटी बचाउ अभियान शुरु गर्ने जानकारी गराए।

    आफुहरुले गरि राखेका सामाजिक कार्यलाई सहज रुपमा गर्न ुपहल नेपालु नामक संस्था दर्ता गराउन लागेको र यो संस्था सबै नेपालीको साझा संस्था रहने भएकोले यसमा जुड्न सबैलाई सरोज जी ले अनुरोध समेत गरे।

    यहि अवसरमा ई मनोरथ साहले पहल नेपालको माध्यमबाट १० जना दलित वा गरिव विदार्थीलाई बंगलादेशमा छात्रवृति उपलब्ध गराई दिने प्रतिबद्धता गरे।

    पहल नेपाल संग आवद्ध अधिकारकर्मी रिता साह र रुपा झाले दलितहरुमा शिक्षाको लागि जोड़ दिए।

    अधिवक्ता सुरेन्द्र कु महतोले मधेशलाई प्राथिमिकता राख्न जोड़ दिदै पहल नेपाललाई दिनको १ रुपया सहयोग संकलन गर्ने अभियान चलाउन सुझाव दिनुको साथ रु १ सहयोग गर्दै आफैबाट सुरुवात गरे।

    यस्तै, आनन्द आदित्य अध्यक्ष चेल्सी कलेज, विक्की यादव, चन्द्र नारायण थारु सप्तरी, दिगविजय मिश्र कपिलवस्तु, आलोक तिवारी, श्याम किशोर साह, अधिवक्ता विकाश ठाकुर, अजमेरी खातुन, राम नारायण साह सिरहा, रोशन महासेठ, उपेन्द्र यादव पाटन क्याम्पस, संयोग देव सप्तरी, लभ महोत्तरी, विपी साह हुलाकी न्युज आदि सहभागीहरुले कतारबाट ुहेल्प मधेशीु ले गरिरहेको सहयोगको सरहाना गर्दै पहल टिम विशेष ध्यान दिदै तत्काल शिक्षा नै मुख्य समस्या भएको हुनाले यसलाई नै प्राथिमिकतामा राखेर कार्य गर्न सलाह दिए।



    Next
    This is the most recent post.
    Older Post
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सामुदायिक समस्या, सम्भावित उपाय र हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top