728x90 AdSpace

  • ताजा ताजा

    बाढीपीडितको सहयोगार्थ काठमाडौँमा हुनेभयो खुल्ला दौड प्रतियोगिता

    काठमाडौँ, भदौ– मानवताका लागि शान्ति र संस्कृति (प्याक) र डिमा एकेडेमीको संयुक्त आयोजनामा बाढीपीडितको सहयोगार्थ खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।


     विगत चार वर्षदेखि दौड प्रतियोगिता गर्दै त्यसबाट उठेको रकम प्राकृतिक प्रकोप पीडितलाई सहयोग गर्दै आएको एकेडेमीले यसपटकको रकम बाढीपीडितलाई दिने भएको हो ।


    एकेडेमीका अध्यक्ष प्रितम खड्काका अनुसार असोज १ गतेदेखी हने दौड दुई विधामा हुनेछ । जसअनुसार ५ कलिोमिटर र १० किलोमिटर दूरी रहेको छ ।

    प्रतियोगितामा ईच्छुक जो कोहीले पनि भाग लिन सक्नेछन् । जसका लागि दर्ता शुल्क पाँच सय रुपैया लाग्ने छ । विद्यार्थीले भने छुटसहित तीन सय रुपैयाँमा नाम दर्ता गर्न सक्नेछन् ।

    प्रज्ञा भवन कमलादीबाट सुरु हुने दौडमा सहभागी भएर सामाजिक कार्यमा सहयोग गर्ने आफूहरुको कार्यमा हातेमालो गरिदिन अध्यक्ष खड्काले सबैमा अनुरोध गरेका छन् । सो अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिने जनाइएको छ ।

    प्रतियोगितमा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ भने सहभागी सबैलाई निःशुल्क टी–शर्ट र प्रमाणपत्रको व्यवस्था छ । विस्तृत जानकारीका लागि ९८४१८८३३९९ मा सम्पर्क गर्न सकिनेछ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: बाढीपीडितको सहयोगार्थ काठमाडौँमा हुनेभयो खुल्ला दौड प्रतियोगिता Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top