728x90 AdSpace

  • ताजा ताजा

    चेक बाउन्सकाे अातंक !

    दीपककुमार बिष्ट
    पोखरा, पर्याप्त निक्षेप नभएका खाताको चेकबाट भुक्तानीस्वरूप दिइने वा दिइएको भुक्तानीमा चेकको भुक्तानी रकम नपाएपछि त्यसउपर उजुरी लिएर प्रहरीलगायत विभिन्न निकायमा धाउनेको संख्या प्रशस्तै देखिने गरेका छन् ।

    हिजोआज अदालतहरूमा चेक अनादरका मुद्दाका संख्यामा उलेख्य रूपमा वृद्धि भइरहेको छ । कुनै समय चेकबाट भुक्तानी दिएर यदि त्यो चेक साटिएन भने पनि त्यो विषय सामान्य हुन्थ्यो र त्यसलाई खासै महत्वका साथ हेरिँदैनथ्यो । र, त्यस किसिमका कार्यलाई अपराधको वर्गीकरणभित्र पनि राखिँदैनथ्यो ।

    तथापि विनिमय अधिकारपत्र ऐन–२०३४, २०३४ पुस १८ गते प्रमाणीकरण भई प्रयोगमा आएको तीसौं वर्षपछि बल्ल प्रयोगमा आएको देखिन्छ । यस हिसाबले विगतमा बनेका तर लामो समयसम्म कार्यान्वयनमा आउन नसकिरहेका यस्ता ऐन–कानुनहरू ढिलै भए पनि प्रयोगमा आउनु सुखद कुरा हो ।

    चेक भन्नाले बैंकमा खाता खोलेर जम्मा गरेको रकम झिक्ने कागजात अथवा पुर्जा बुझिन्छ । तर, त्यति भनेर मात्र चेकको परिभाषा पूर्ण हुँदैन । चेक के हो भन्ने कुरा बुझ्नुअघि विनिमेय–पत्र के हो भन्ने कुरा बुझ्नु जरुरी हुन्छ भने विनिमेय–पत्रका बारेमा बुझ्न विनिमेय अधिकारपत्र के हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ ।

    त्यस्तै विनिमेय अधिकारपत्र के हो भनी बुझ्नुअघि विनिमय भनेको के हो भन्ने बुझ्नु जरुरी हुन्छ । विनिमय अधिकारपत्र ऐन– २०३४ को दफा २ को खण्ड ‘घ’ मा ‘विनिमेय ९नेगोसिएसन० भन्नाले पाउने कुनै व्यक्तिलाई धारक बन्न सक्ने गरी विनिमेय अधिकारपत्र हस्तान्तरण गर्ने कामलाई सम्झनु पर्ने’ उल्लेख छ भने दफा २ को खण्ड ‘ङ’मा ‘विनिमेय अधिकारपत्र भन्नाले प्रतिज्ञापत्र र विीन्मेयपत्र सम्झनुपर्ने’ उल्लेख छ ।

    त्यस्तै दफा २ को खण्ड ‘च’ मा विनिमेय पत्र भन्नाले ‘फलाना मितिमा वा यति अवधिपछि वा मागेका बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अह्राएकोलाई वा सो पत्र लिई आउनेलाई र यति रुपैयाँ दिनु भनी एकले अर्कोलाई बिनासर्त निर्देश गरी दस्तखत गरिएको लिखत सम्झनुपर्ने’ उल्लेख गरेको पाइन्छ ।

    त्यसैगरी विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा २ को खण्ड ‘ज’ मा चेक भन्नाले माग्नासाथ भुक्तानी दिनू भनी कुनै बैंकउपर खिचिएको विनिमेय–पत्रलाई बुझाउने कुरा ऐनले परिभाषा दिएको छ ।

    यसर्थ, चेक एउटा विनिमयपत्र हो । यसलाई सरल भाषामा भन्ने हो भने लेखिएको व्यक्तिलाई यति रुपैयाँ भुक्तानी दिनू भनी कुनै एक व्यक्तिले बैंकउपर खिचेको एउटा विनिमयपत्र नै चेक हो । चेक बैंकलाई रकम भुक्तानी दिनु भनी गरिएको वा दिइएको एक किसिमको लिखित आदेश हो जुन बिनासर्त हुनुपर्छ ।

    साधारणतया एउटा चेकमा चेक खिच्ने ९ड्रयर०, चेकको भुक्तानी दिने ९ड्रयी०, चेकको भुक्तानी लिने ९पेयी० गरी तीन पक्ष समावेश हुन्छन् । पछिल्ला दिनमा व्यापार–व्यवसायमा हुने गरेका कारोबार एवं लेनदेन कारोबारमा समेत चेकको ज्यादातर रूपमा प्रयोग हुँदै आएको छ ।

    भौतिक रूपमा नगद रुपैयाँ–पैसाको कारोबार गर्दा हुन सक्ने असुरक्षा र जोखिमका कारण चेकको प्रयोगमा मानिसहरूको आकर्षण बढ्दै गएको देखिन्छ । चेकको प्रयोगबाट कारोबार गर्ने क्रम बढ्नुमा सर्वसाधारणको बैंक तथा वित्तीय संस्थाहरूमा सहज पहुँच हुनुले पनि हो भन्ने कुरा महसुस गरिएकै विषय हो ।

    जुन रूपमा मानिसहरूका बीचमा हुने होस् वा कम्पनी–कम्पनीबीच हुने कारोबारमा होस्, चेकको जतिजति कारोबारमा वृद्धि हुँदै गइरहेको छ त्यति नै चेक ठगीको एउटा गतिलो माध्यम पनि बन्दै गएको देखिन्छ ।

    पर्याप्त निक्षेप नभएका खाताको चेकबाट भुक्तानीस्वरूप दिइने वा दिइएको भुक्तानीमा चेकको भुक्तानी रकम नपाएपछि त्यसउपर उजुरी लिएर प्रहरीलगायत विभिन्न निकायमा धाउनेको संख्या प्रशस्तै देखिने गरेका छन् ।

    अनधिकृत रूपमा ढुकुटी खेलाउने जस्ता कानुनका आँखा छलेर गरिने कारोबार, घरजग्गामा हुने कारोबारमा आएको मन्दी, सेयर कारोबारमा आइरहने आरोह–अवरोहजस्ता कारणले मानिससँग लिएको सापटी रकम समयमै भुक्तानी गर्न नसकेपछि अलमलाउने नियतले होस् वा झुक्याएर केही समय पर सार्ने सोचका साथ पर्याप्त रकम नभएको खाताको चेक दिने बढ्दो प्रवृत्तिले पनि चेक अनादर ९बाउन्स० का घटनाहरू बढाउनमा थप मद्दत पुगेको देखिन्छ ।

    जब आफूले पाएको चेकको भुक्तानी माग्न बैंक वा वित्तीय संस्थामा जान्छन् अनि चेकमा उल्लेख गरिएको रकमको भुक्तानी नपाएपछि मानिसहरूले आफूलाई झुक्याइएको र ठगिएको जानकारी पाउँछन, तब मात्र कानुनी उपचारका लागि सोचविचार गर्ने गर्छन् अनि आफूमाथि ठगी भएको भन्दै प्रहरीमा उजुरी गर्ने गरेको पाइएको छ ।

    केही समयअघिसम्म प्रहरीले यो विषयलाई मुलुकी ऐन ठगीको महल अन्तर्गतको कसुर हो भनी ठगीमा कारबाही प्रक्रिया अगाडि बढाउने गरेको थियो, यसका साथै बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ बमोजिम मुद्दा चलाएको समेत पाइन्छ भने कसैले विनिमेय अधिकारपत्र ऐन–२०३४ बमोजिम चेक अनादर मुद्दा लिएर अदालत जाने गरेको पनि पाइन्छ ।

    खातावालाको पर्याप्त निक्षेप भएको अवस्थामा बैंकसमक्ष प्रस्तुत गरिएको चेक रीतपूर्वक छ भने त्यस्तो चेकको भुक्तानी दिने दायित्व बैंकको हुन्छ ।

    विनिमेय अधिकारपत्रको दफा १०७ ‘क’ले बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएका कारण बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई ३ महिनासम्म कैद, ३ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने प्रावधान छ ।

    चेक एक किसिमको विनिमेय पत्र भएका कारण यो ठगीमा कारबाही हुने विषय भने होइन । कारण मुलुकी ऐनको प्रारम्भिक कथनको ४ नं। मा विषय–विषयमा छुट्टाछुट्टै बनेका कानुनमा लेखिएजतिमा सोही कानुन बमोजिम हुने र विषय–विषयमा छुट्टाछुट्टै कानुन नभएकोमा मात्र मुलुकी ऐन बमोजिम हुने प्रावधान छ ।

    त्यसैले चेक तथा बैकिङ कारेबारसँग सम्बन्धित विषयमा उठेका विवादका विषयमा आवश्यक कानुनी कारबाहीका लागि विनिमेय अधिकारपत्र ऐन– २०३४ तथा बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ बनेको देखिन्छ ।
    त्यसैले, विनिमय अधिकारपत्र ऐन–२०३४ छुट्टै कानुन भएकाले यो मुलुकी ऐनअन्तर्गतको ठगीको कसुरमा कारबाही हुने विषय

    होइन । चेक अनादरमा सही उपचारको बाटो भनेको विनिमेय अधिकारपत्र ऐनले निर्धारण गरेको कानुनी प्रक्रियाअनुसार चेक अनादर मुद्दा लिएर जिल्ला अदालतमा गएर कानुनी उपचार लिनु उपयुक्त हुन्छ ।
    बिष्ट अभिवक्ता हुन् ।
    समाधान दैनिकबाट
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: चेक बाउन्सकाे अातंक ! Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top