728x90 AdSpace

  • ताजा ताजा

    काठमाडौँ–निजगढ फास्टट्र्याक नेपालले नै बनाउनुपर्छः बाबुराम

    काठमाडौँ– नयाँ शक्ति पार्टी नेपालले बहुचर्चित काठमाडौँ–निजगढ ‘फास्टट्र्याक’ भारतीय वा अन्यत्रबाट सस्तो ऋण लिएर नेपाल आफैँले निर्माण गर्नुपर्ने बताएको छ ।


    प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका सन्दर्भमा सो पार्टीले भारतसँग तत्काल थप परियोजना निम्ति सम्झौता गर्नुभन्दा भारतीय लगानी, अनुदान र ऋण सहयोगमा निर्माणाधीन आयोजना निर्दिस्ट समयमा पूरा गर्न जोड दिनुपर्ने सुझाव दिएको हो ।


    पार्टी संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई भारत भ्रमणको पूर्ण सफलताको शुभकामना दिँदै भिन्न परिवेशमा गरिएको सन् १९५० को सन्धि तथा अन्य सन्धि–सम्झौताको पुनरावलोकन, नेपाल–भारत सम्बन्धमा विगतदेखि रहँदै आएका कतिपय समस्या र असमझदारी छिटो हल गर्न विशेष पहल गर्नुपर्ने सुझाव दिएको पार्टीले जनाएको छ ।

    नेपाल–भारत सम्बन्धको एक महत्वपूर्ण आयाम रहँदै आएको परम्परागत सुरक्षा अवधारणालाई समयानुकूल विकसित र परिमार्जित गर्दै लैजानुपर्नेमा उनले जोड दिएका हुन् । 
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: काठमाडौँ–निजगढ फास्टट्र्याक नेपालले नै बनाउनुपर्छः बाबुराम Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top