728x90 AdSpace

  • ताजा ताजा

    पुनर्निर्माणमा जुट्न नायक नायिकाले गरे आग्रह

    नायिका संचिता लुईटेल फेरी अभिनय क्षेत्रमा फर्किएकी छिन् । दुई सन्तान हुर्काएर उनी अभिनय क्षेत्रमा फर्किएकी हुन् । भर्खरै सिने क्षेत्रमा फर्किकी संचिताले जीवन लुईटेलसँग जोडी बाँधीएर पुनर्निर्माणका लागि उठ्न सबैसँग आग्रह गरेकी छिन् । डा. भीष्म कुमार भूसालको शब्द रहेको ”“अब उठ जाग” बोलको गीतमा अभिनय गर्दै उनीहरुले जनताको नामको रकम भ्रष्टाचार नहोस् भन्दै खबरदारी गरेका छन् । पुनर्निर्माणका लागि युवा पुस्ताहरु नै उठ्नु पर्ने सन्देश बोकेको यस गीतलाई डा. भीष्म कुमार भूसालले लेखेका हुन् । उनको पुनर्निर्माण सम्बन्धी यो प्रण बोलको गीत यसअघि नै सार्वजनिक भइसकेको छ । पुनर्निर्माणमा युवाहरु जुटेर उठेमा भूकम्पले भत्काएका संरचना बनाउन समय नलाग्ने गीतको भाव छ ।

    राष्ट्रिय भावना बोकेको यस गीतमा बसन्त सापकोटा संगीत छ भने रामकृष्ण ढकाल र स्मीता दाहालको स्वर रहेको छ ।

    वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको यो गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । सुदीप बरालको छायाँकन, अमन मानन्धरको सम्पादन रहेको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: पुनर्निर्माणमा जुट्न नायक नायिकाले गरे आग्रह Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top