728x90 AdSpace

  • ताजा ताजा

    जारी भएकै दिन मधेसमा संबिधान जलाइने


    पर्सा, २७ भादौ– मधेसमा क्रियासिल ११ राजनीतिक दलले असोज ३ गते मधेसमा संविधान जलाउने निर्णय गरेका छन् ।


     राष्ट्रिय अध्यक्षहरुको आइतबार वीरगंजको एक होटलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा विभिन्न पार्टीका नेताहरुले संविधानमा मधेसी, दलित, जनजाति, अल्पसंख्यक लगायत जनताको हक अधिकारका लागि विगतमा गरिएको आन्दोलनलाई बेवास्ता गरिएको भन्दै दबाब स्वरुप संविधान जलाउने निर्णय गरको हो ।

    बैठकले समग्र मधेस एक स्वायत्त प्रदेश (अखण्ड मधेस) स्थापनार्थका लागि ११ दलका राष्ट्रिय अध्यक्षहरुले प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।

    बैठकमा तराई मधेश राष्ट्रिय अभियानका अध्यक्ष एवं पूर्वमन्त्री जयप्रकाश गुप्ता, नेपाल समाजवादी पार्टी (लोहियावादी) का अध्यक्ष नन्दन यादव, तराई मधेश फोरम पार्टीका राष्ट्रिय अध्यक्ष अमर यादव, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष बिकास तिवारी, युनाइटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टीका अध्यक्ष धिरेन्द्र झा, नेपाल युवा पार्टीका राष्ट्रिय अध्यक्ष राजेश झा, नेपाल राष्ट्रिय जनता दलका अध्यक्ष भरत महतो लगायत पार्टीका उच्चपदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

    बैठकबारे नेपाल समाजवादी पार्टी (लोहियावादी)का अध्यक्ष नन्दन यादवले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका थिए । आर.सि.एनबाट

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: जारी भएकै दिन मधेसमा संबिधान जलाइने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top