728x90 AdSpace

  • ताजा ताजा

    एकाबिहानै बेल्चा र झाडु बोकेर खेलकुदमन्त्री दशरथ रंगशाला पुगेपछि रंगशालाको मुहारै फेरियो ! (तस्बिरसहित)

    काठमाडौँँ–  नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला फोहर र झाडीमय भएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले आज विशेष सरसफाई कार्यक्रम गरेको छ।


    कार्यक्रमलाई साथ दिन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली समेत आएका थिए। रङ्गशालाको वरिपरिको प्याराफिटमा झार उम्रिएर झाडी भएपछि क्रान्तिकारी आफ्नो सयौं कार्यकर्तासहित सरसफाईमा उत्रिएको हो।


    अभियानको नेतृत्व गरेका अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले भने( ‘अन्तर्राष्ट्रिय बेइज्जती रोक्न हामी यो अभियानमा जुटेका हौं ।’

     दोस्रो पोष्टवहादुर वोगटी स्मृति दिवसको सन्दर्भ पारेर सरसफाईमा जुटेका युवा विद्यार्थीलाई धन्यवाद दिदैं खेलकुदमन्त्रीले भने( ‘अब हामी रङ्गशाला मात्र हैन खेल क्षेत्रका सवै फोहर सफा गर्ने अभियानमा जुट्नेछौं।’


    मन्त्री सिरपाइली सरसफाई कार्यक्रममा पुर्ण अवधि सक्रियतापुर्वक आफैं भिडेका थिए। कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघले पनि सहभागीता जनाएको थियो ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: एकाबिहानै बेल्चा र झाडु बोकेर खेलकुदमन्त्री दशरथ रंगशाला पुगेपछि रंगशालाको मुहारै फेरियो ! (तस्बिरसहित) Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top