728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डका सामु अचानक ओली प्रकट हुँदा...

    काठमाडौं– बालुवाटारमा बोलाइएको प्रमुख ३ दलको बैठकमा उपाध्यक्षद्वय बामदेव गौतम र भीम रावललाई पठाएका एमाले अध्यक्ष केपी ओली आइतबार अचानक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा अच्चमै भयो ।


    आफूले समर्थन गरेर प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने र आफैं समर्थन फिर्ता लिएर कुर्सीबाट झार्ने प्रचण्ड एक्कासी ओलीले आगमनले छक्कै परे ।

    गेटमा आउनासाथ सुरक्षाकर्मीले ओलीलाई सिधै प्रधानमन्त्रीको च्याम्बरमा पुर्याए । त्यसबेला प्रचण्ड दिवगंग माओवादी नेता पोष्टबहादुर बोगटीपत्नी रामायासहितका सहिद परिवारसँग भेट गर्दै थिए ।

    प्रवै प्रधानमन्त्री ओली, माधव नेपाल, झलनाथ खनाल, एमाले उपाध्यक्ष गौतम र रावल, महासचिव ईश्वर पोरेल र नेता अग्नि खरेलको टिम सिधै भित्र आउँदा प्रचण्ड जुरुक्क उठेर भेटिरहेका सांसद र सहिद परिवारलाई अहिले गइदिनोस् भन्दै बाहिर पठाए ।

    प्रधानमन्त्रीसँग अघिल्लो साँझ बिहान १०ः३० बजेका लागि ज्ञापनपत्र दिने समय मिलाएका भीम रावलले को–को नेता आउने जानकारी दिएका थिएनन् ।

    प्रचण्डले सचिवालयमा भीम रावलसहितका एमाले टोलीको ज्ञापनपत्र बुझ्ने समयतालिका मात्र टिपाएका थिए । अघिल्लो सरकारको बिदाई र नयाँ सरकारको निर्माणपछि भेटघाट र कुनै कुराकानी नभएका ओली–प्रचण्डको यो भेट पनि त्यति राम्रोचाहिँ हुन सकेन् ।

    सुरुमै प्रचण्डले तपाईले ढोका खोल्नुभयो, स्वागत गर्दछु भन्दै हात मिलाए । माधव नेपालले भूमिका बाँधेपछि भीम रावलले भारत भ्रमण सम्बन्धमा ध्यानकर्षण पत्र पढेर सुनाए ।

    सो पत्र ओलीले प्रधानमन्त्रीलाई बुझाए र आफ्नो भनाई थाले । ओलीले आफ्नो सरकार ढलाउन प्रचण्डले बुझाएजस्तो आरेपपत्र नभई सम्मानपूर्ण शब्दबाट सजिएको र प्रधानमन्त्रीज्यूको मर्यादालाई ख्याल गरिएको ध्यानकर्षणपत्र बोकेर आएको बताए ।

    यो भनाइको प्रचण्डले तत्काल खण्डन गर्दै भने, ‘हामी संसदीय व्यवस्थामामा तपाईंहरु जति अनूभवी र खेलाडी भइसकेका छैनौं, हाम्रो कुरा घुमाएर होइन, सिधै–सिधै हुन्छ ।’

    आजको बुधबार साप्ताहिकबाट


    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डका सामु अचानक ओली प्रकट हुँदा... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top