728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डले भारतमा राष्ट्रहित विपरित सम्झौता नगर्ने


    काठमाडौँ, २६ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न भारत भ्रमणका क्रममा बताएका छन् ।

    प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न आइतबार बोलाइएको श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा आफ्नो भारत भ्रमणबारेमा जानकारी दिँदै नेपालको हित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने बताएका हुन् ।


    आफ्नो भारत भ्रमणले नेपाल(भारत सम्वन्धमा नयाँ अध्याय खुल्ने उल्लेख गर्दै प्रधानमनत्रीले भने, ‘भारत भ्रमण मेरो चुनौतीपूर्ण अवसर हो । नेपाली जनताको हितभन्दा बाहिर गएर कुनै सम्झौता गर्दि । तपाईंहरु निश्चिन्त रहनुहोस् । पटक्कै चिन्ता नलिनुहोस । जनताको हित बेगरको काम म कल्पना पनि गर्न सक्दिन ।ु

    देशको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाने बताउँदै उनले भने–ुम प्रधानमन्त्रीको रुपमा भारत जाने हो । म पुष्पकमल दहाल अथवा प्रचण्डको रुपमा भारत जाने हैन ।ु
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणलाई लिएर आशंका नगर्न आग्रह गरेका छन् ।

    मा एमाले नेता भीम रावल लगायतले केही सम्झौता हुँदैछ कि भन्ने आशंका व्यक्त गरे ।
    जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले नेता रावलको नामै लिएर भने, ‘तपाई टेन्सन नलिनुस्, ।’
    उनले अघि भने, ‘प्रचण्ड वा पुष्पकमल जान लागेको पनि होइन । प्रधानमन्त्री जाने हो । राष्ट्रहित बाहेक सोच्न सकिँदैन ।’
    प्रधानमन्त्री प्रचण्डले संविधान जारी गर्ने क्रममा नेपाल भारतको सम्वन्ध तितो(मिठो भएको स्वीकार गर्नुपर्ने भन्दै उनले भने, ‘विगतको समिक्षा गर्ने र त्यसबाट शिक्षा लिएर आगाडि जाने सोचका साथ म भारत जाँदैछु ।’


    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले भारतमा राष्ट्रहित विपरित सम्झौता नगर्ने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top