728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्ड सरकारले गर्यो अर्को राम्रो काम

    काठमाडौँ २४ भदौ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुबर्इमा अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

    संचार माध्यममा सारजहास्थित सनैया(३ लेबर क्याम्पमा बस्दै आएका ३० जना नेपाली विगत चार महिनादेखि तलब नपाएर बिचल्लीमा परेको समाचार आएपछि उनीहरुको तत्काल उद्धार गर्न निर्देशन दिइएको हो ।

    नेपालबाट ११ महिनाअघि सुरक्षा गार्डका लागि गएका नेपालीले ७ महिनासम्म सम्झौताअनुसार तलव नपाएको र पछिल्लो चार महिना एक रुपैयाँ समेत नपाइ बिचल्ली भएको जानकारी गराएपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

    प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत अर्जुन भण्डारीले परराष्ट्रलाई एक पत्र लेख्दै विदेशमा अलपत्र परेका नेपाली कामदारहरुलाई उद्धार गरी नेपाल ल्याउने व्यवस्था मिलाउन र सोको जानकारी उपलब्ध गराउन कडा निर्देशन दिउका हुन् ।

    उनीहरुले हाल आफूहरुसँग खानका लागि समेत पैंसा बताउँदै पटकपटक नेपाली दूतावासमा जाँदा कुनै पहल नभएको गुनासो पोखेका छन् ।
    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्ड सरकारले गर्यो अर्को राम्रो काम Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top