728x90 AdSpace

  • ताजा ताजा

    कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा

    आश्विन ७, २०७३ सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा शुक्रबार पठाएको छ ।

    सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषद्को कार्यालयले प्रमुख आयुक्त कार्की विषयमा सर्वोच्च अदालत माग बमोजिम कागजात पठाएको जानकारी दिए । मन्त्रिपरिषद्को कार्यालयले यसअघि भूकम्पमा परी कागजात हराएको भनी जवाफ पठाएको थियो । सर्वोच्चले सरकारको उक्त जवाफ गैरजिम्मेवारपूर्ण भएको र एक हप्ताभित्र पठाउन आदेश दिएको थियो ।

    सर्वोच्चको आदेशबमोजिम सरकारले आज आयोग प्रमुख कार्कीको सक्कल फाइल पठाएको हो । आयोगका प्रमुख कार्की नियुक्ति कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो ।

    अधिवक्ता अर्यालले आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए । सोही पुनरावलोकनमाथि सुनवाई हुँदा सर्वोच्चले नियुक्त गर्दाको सक्कल कागजात माग गरेको !

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top