728x90 AdSpace

  • ताजा ताजा

    भारतीय भूमिमा टेकेर भट्टराईले भने, ‘आफूले होल्ड गरेका परियोजना नबनाउने भारतले फास्ट ट्याकमा किन आँखा लगाउँदैछ ?’


    काठमाडौँ, २१ भदौ– प्रवासी नेपाली संघ भारत, उत्तर प्रदेश राज्य समितिको आठौं सम्मेलनमा सहभागी हुन लखनउ पुगेका एमाले सचिव योगेश भट्टराईले भारतलाई झटारो हानेका छन् ।

    उद्घाटन समारोहमा बोल्दै भट्टराईले भारतीय कम्पनीले नेपालका ठूला आयोजना ‘होल्ड’ गरेर राखेको बताएका छन् । उनले भने, ‘भारत सरकार र भारतीय कम्पनीले पञ्चेश्वर वहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली, अरुण तेश्रो, हुलाकी राजमार्ग लगायतका परियोजना होल्ड गरेकाले उसको नियतमाथि नै प्रश्न उठेको छ ।’

    भट्टराईले होल्ड गरेका परियोजनाहरु सम्पन्न गर्नुको साटो फास्ट ट्याकमाथि आँखा लगाएकोप्रति आपत्ति जनाउँदै भने, ‘आफूले होल्ड गरेका परियोजना नबनाउने अनि फेरि फास्ट ट्याकलगायत आयोजनामा भारतले किन आँखा लगाउँदैछ ? पहिले होल्ड गरेका परियोजना सम्पन्न गरोस् ।’

    उनले नेपालले भारत र चीन दुवैसँग मित्रता कायम गर्न चाहेको बताए । करिब ३० लाख भारतीय नेपालमा श्रमीकको रुपमा काम गरिरहेको उल्लेख गर्दै उनले दुवै देश श्रमिकहरुका समस्याप्रति संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘भारतमा नेपालीमाथि भइरहेको दुव्र्यवहारप्रति भारत सरकार गम्भीर हुनुपर्छ ।’

    साथै भट्टराईले भारतले नेपालमाथि लगाएको नाकाबन्दी भारतीयहरुकै लागि महंगो सावित हुने चेतावनी दिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीय भूमिमा टेकेर भट्टराईले भने, ‘आफूले होल्ड गरेका परियोजना नबनाउने भारतले फास्ट ट्याकमा किन आँखा लगाउँदैछ ?’ Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top