728x90 AdSpace

  • ताजा ताजा

    धनुषामा घुसहा ट्राफिक प्रहरीको ज्यादती, रकम नपाएपछि मजदुरको गाडी प्रहरी चौकीमा


    धनुषा– ईलाका प्रहरी कार्यालय, महेन्द्रनगर, धनुषाको ट्राफिक टोलीले नियमित चेकजाँचका क्रममा गुडिरहेको गाडीलाई चौकी पुर्याएका छन् ।


    यात्रु बोकेर गुडिरहेको तीन चक्के ज १ ह २६४ लाई रोकेर चालकसँग लाइसेन्स नभएको भन्दै सिधै प्रहरी चौकी पुर्याएका हुन् ।

    चालकसँग बिलबुक तथा लाईसेन्स माग्दा चालकले ब्लुबुक दिएको र लाईसेन्स प्रक्रियामा रहेको जानकारी गराएपनि जाँचमा खटिएका प्रहरीले चालकको गाडी प्रहरी चौकीमा पुर्याएको प्रतक्षदर्शीले जनाएका छन् ।

    आफ्नो गाडी सिधै चौकीमा पुगेपछि प्रक्रिया र प्रचलित कानुन अनुसार फाईन हानेर गाडी नछोडेको भन्दै ती चालकले विरोध गरेका छन् ।

    हाल त्यहाँ हजारौँ मानिस लाईसेन्स लिने प्रक्रियामा रहेता पनि अव्यवस्थित प्रक्रियाका कारण लामो समयदेखि मजदुरको हातमा लाईसेन्स आइपुगेको छैन । हाल धनुषामा मात्र करिब ८ हजार सवारी साधन बिना लाईसेन्स चलिरहेका छन् । तर, प्रहरीले त्यसतर्फ कुनै ध्यान पुर्याएको छैन ।


    गाडीमा सवार प्रत्यक्षदर्शीका अनुसार प्रहरीले फाईन नकाटी घुसको आशमा मिलाएर जान भनेको र चालकले नमानेपछि गाडी चौकी पुर्याइएको हो ।
    त्यस क्षेत्रमा यसअघि पनि चेकजाँचको क्रममा प्रहरीले घुस खाने गरेको गुनासो आइरहेका बेला यस घटनाले प्रहरी प्रशासनमाथि थप जनविश्वास गुम्ने देखिएको छ ।

    गाडीमा सवार पत्रकार शेषनारायण झा ‘ऋषिशेष’ ले यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला यातायात कार्यालय, जिल्ला ट्रफिक प्रमुख ज्ञान कुमार महतो तथा जिल्ला एसपी लीलामणी आचार्यले समयमै सोचेर कदम चाल्नुपर्ने धारणा राखेका छन् । उनले भ्रष्टाचारको अन्त्य नभएसम्म देश विकास नहुने भन्दै आगामी दिनमा यस्ता घटना हुन नदिन राज्यको कर्मचारीतन्त्र सुधारका हुनुको साथै नियम र प्रक्रियामा चल्नु आवश्यक रहेको बताए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: धनुषामा घुसहा ट्राफिक प्रहरीको ज्यादती, रकम नपाएपछि मजदुरको गाडी प्रहरी चौकीमा Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top