728x90 AdSpace

  • ताजा ताजा

    देउवाले गरे महामन्त्री फिक्स, खुमबहादुरले लोप्पा खाने संकेत

    काठमाडौँ, १९ भदौ, नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पार्टी विद्यानअनुसार सभापतिले मनोनयन गर्न बाँकी पदाधिकारीको पदपूर्ति प्रक्रिया अघि बढेको छ ।


    विधान अनुसार जेठको पहिलो साताभित्रै पदाधिकारीको मनोनयन गर्नुपर्ने भएता पनि पार्टीभित्रको आन्तरिक विवाद र असन्तुष्ट पक्षलाई मिलाएर लानुपर्ने भएकाले हालसम्म मनोनयन हुन सकेको छैन ।


    पदाधिकारी मनोनयनमा ढिलाइ भएका कारण रामचन्द्र पौडेल पक्षबाट आलोचना र आफूनिकटबाट दबाब आउन थालेपछि देउवा भदौभित्रै उपसभापति, महामन्त्री , सहमहामन्त्री र बाँकी केन्द्रीय सदस्यको मनोनयनमा लागेका छन् ।

    कांग्रेस स्रोतका अनुसार देउवाले महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीको नाम करिब फिक्स गरिसकेका छन् । महामन्त्रीका केही आकांक्षीलाई सरकारमा पठाएर देउवाले कार्कीका लागि बाटो खुला पारिदिएका हुन् ।


    त्यसैगरी उपसभापतिमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, खुमबहादुर खड्का र गोपालमानसिंह श्रेष्ठको नाम चर्चामा छ । तर, दउवा निधिलाई नै उपसभापति बनाउने दाऊँमा छन् । खड्काले महाधिवेशनमा सहयोग गरेकाले उपसभापति आफूले पाउनुपर्ने दबाब दिएका कारण देउवाले अन्तिम निर्णय भने गर्न सकेका छैनन् ।

    त्यसैगरी सहमहामन्त्रीमा मन्त्री बन्न नपाएका नेता मानबहादुर विश्वकर्मा देउवाको पहिलो रोजाइमा छन्। त्यसैगरी पुष्पा भुसाल, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडुको नाम चर्चामा छ ।


    खड्काले आफूले उपसभापति नपाएमा भुसाललाई अघि सोका हुन् भने ढुंगाना र बडु पौडेल पक्षका हुन् । देउवा सके तीनै र नभए महामन्त्री र सहमहामन्त्री पदमा केही दिनमै पदाधिकारी मनोनयन गर्ने तयारीमा छन् ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: देउवाले गरे महामन्त्री फिक्स, खुमबहादुरले लोप्पा खाने संकेत Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top