728x90 AdSpace

  • ताजा ताजा

    प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने

    काठमाडौँ, २३ भदौ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।


    प्रधानमन्त्री निर्वाचित भए पछि प्रचण्डले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन । गत साउन १९ मा प्रधानमन्त्री निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको गतिविधि र सरकारका प्राथमिकता बारे प्रधानमन्त्रीले लिखित सम्बोधन प्रस्तुत गर्ने छन् ।


    प्रधानमन्त्रीको सम्बोधनमा सरकारले प्राथमिकतामा राखेका राष्ट्रिय मुद्दाहरु समेटिएको उनको सचिवालयले जनाएको छ । स्थानीय तहको निर्वाचन, मधेशी मोर्चाको माग सम्बोधनका लागि संविधान संसोधन, भूकम्प पीडितलाई राहतलगायतका जनसरोकारका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् ।

    छिमेकी देशहरुसँग स्थापित कुटनीतिक सम्बन्ध र आफ्नो भारत भ्रमणबारे पनि प्रधानमन्त्रीले सम्बोधनमा जानकारी गराउने बताइएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top