728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डलाई भारतीय इशारामा चलेको भन्दै थाइल्याण्ड उडेका ओली उपचार गर्न नभएर भातीय गुप्तचर भेट्न गएको खुलासा !

    काठमाडौँ, १७ भदौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएको बिहिवार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन्, स्वास्थ्य उपचार गराउने बाहानामा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बैंकक जाने बेलामा ओलीले वर्तमान प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरे ।


    ओलीले प्रचण्डलाई भारतीय इशारामा चलेको अभिव्यक्ति मात्र दिएनन् नेपालको संविधान संशोधनका विषयमा समेत भारतलाई आमन्त्रण दिएको घुमाउरो आरोप लगाए । पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले झण्डै १५ दिन लामो भ्रमण तय किन गरे ? नेपालमा जस्तै यहाँ नयाँ दिल्लीमा पनि उनको भ्रमणको चर्चा हुन थालेको छ ।

    नेकपा एमालेका अनुसार बिहिवार थाइल्याण्ड प्रस्थान गरेका ओलीले बैंककमा स्वास्थ्य परिक्षण गराउने छन् । त्यसपछि उनको भ्रमण इन्डोनेशिया हुनेछ ।

    एमाले पार्टी कार्यालयको विज्ञप्ती र ओलीको अभिव्यक्ति अनुसार भ्रमण विशुद्ध स्वास्थ्य परिक्षण तथा घुमघाममा केन्द्रीत रहेको देखिन्छ तर अन्त्यमा भने उनको भ्रमणको उद्देश्य भने अर्कै रहेको पाइएको छ । उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश बज्राचार्य र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागि छन् ।

    तर, उनी चक्कर मारेर चक्मा दिने भन्दै भारतीय खुफिया एजेन्सीका मान्छे भेट्न बैंकक गएका हुन् । ओलीको भ्रमणका विषयमा भारतमा समेत चर्चा सुरु भएको छ । भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वास्थ्य परिक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रीत रहेको छ । त्यसैले ओलीको भ्रमणका विषयमा नयाँ दिल्लीमा चर्चा हुन थालेको हो ।

    स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । पछिल्लो समय भारतीय गुप्तचर संस्था रअले दक्षिण एसियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ ।

    अघिल्लो माघमा पूर्वराज ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि यसै हप्ता थाइल्याण्ड पुगेका छन् । उनले थाइल्याण्ड बसाइमा ओलीसँग नेपाल मामिलामा छलफल गर्नेछन ।  जनआह्वान साप्ताहिकबाट
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डलाई भारतीय इशारामा चलेको भन्दै थाइल्याण्ड उडेका ओली उपचार गर्न नभएर भातीय गुप्तचर भेट्न गएको खुलासा ! Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top