728x90 AdSpace

  • ताजा ताजा

    मधेसी मोर्चाले सरकारको समर्थन फिर्ता लिने !



    भैरहवा, २३ भदौ– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थनका सम्बन्धमा विचार गर्ने बताएका छन् ।


    बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले सरकारले यसअघि गरेको प्रतिबद्धता बमोजिम यादवले आफ्ना मागहरु तत्काल सम्बोधन नभए सरकारको समर्थनका सम्बन्धमा विचार गर्ने चेतावनी दिएका हुन् ।

    उनले संविधान संशोधनको प्रक्रिया अघि नबढाइ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा नजान चेतावनी दिएका छन् ।

    प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डले संविधान संशोधन प्रक्रियालाई तत्काल अघि बढाउने प्रतिबद्धता जनाए अनुरुप संशोधन प्रक्रिया अघि बढाउनुपर्ने यादवको माग रहेको छ ।

    आफ्नो देशमा रहेको विद्यमान समस्या समाधान नगरी भारत जानु ठिक नहुने तर्फ राख्दै यादवले भने, ‘देश समस्यामा चुर्लम्म डुबेको छ । यस्तो अवस्थामा दशेको समस्या समाधान नगरी प्रधानमन्त्री भारत भ्रमणमा जानु उपयुक्त हुँदैन । गएपनि पहिले जनताको समस्या समाधान गरेर मात्र जानुपर्छ ।’

    साथै यादवले सरकारले यसअघि मधेसी मोर्चासँग गरेको सम्झौता कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउँदै भने, ‘सरकार जे कामका लागि बनेको हो त्यसमा खासै चासो दिएको देखिएन । हाम्रो मागहरुप्रति सरकारले गम्भीरता देखाएन । हामीले सरकारलाई के–का लागि साथ दिएका हौँ भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।’

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसी मोर्चाले सरकारको समर्थन फिर्ता लिने ! Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top