728x90 AdSpace

  • ताजा ताजा

    नेपाली उत्पादनमा बनेको अंगुरको शुद्ध मुन स्वीट र डिलाइट वाइन बजारमा


    काठमाडौँ– नेपाली उत्पानमा सतप्रतिशत अंगुरको जुसबाट बनेको शुद्ध वाइन बजारमा आएको छ ।

    यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा हार्भेष्ट मुन स्वीट रेड/व्हाइट ४ लिटर  (पारीवारीक जमघट एवं पार्टीका लागि उपयुक्त) र डिलाइट स्वीट रेड/व्हाइट ७५० मि.लि. वाइन बजारमा आएको हो ।
    खाद्य तथा पेय पदार्थको उत्पादनमा १५ वर्षको अनुभव प्राप्त व्यक्तिद्धारा विशेष प्राविधिकको प्रत्यक्ष निगरानीमा उत्पादीत वाइनमा  अल्कोहलको मात्रा ११.५ प्रतिशत रहेको छ ।


    दुई करोड रुपैयाँको लगानीमा काभ्रेपलाञ्चोकमा उद्योग स्थापना गरी अत्याधुनिक तथा पूर्णतया स्वचालीत मेसिनबाट वाइन उत्पादन हुने यूनिभर्सलका संचालक रविन जोशीले जानकारी दिए । नेपाली उत्पादनलाई गुणस्तरिय र सर्भशुलभ बनाउनका लागि आपफूहरुले वाइनलई थप अपग्रेट गर्दै लाने समेत उनले बताए ।
    हाल काठमाण्डौ उपत्यकामा भिगोर इन्टरनेसनल प्रा.लि. ले यसको बिक्रि वितरण गर्दै आएको छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली उत्पादनमा बनेको अंगुरको शुद्ध मुन स्वीट र डिलाइट वाइन बजारमा Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top