728x90 AdSpace

  • ताजा ताजा

    पूर्व मुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरेसमेत ३ जना बेपत्ता

    www.sahayatra.com
    आश्विन ९, २०७३ पूर्व मुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरे परिवारसहित चढेको बा९च १५३१ नम्बरको गाडी आइतबार अपरान्ह पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोक ३ बाट त्रिुशलीमा खस्दा ३ जनाको मृत्यु भएको छ ।

    सात जना सवार गाडी अपरान्ह साढे ४ बजे मुग्लिन र मनकामनाबीच घोप्टे भिरबाट करिब डेढ सय मिटर तल त्रिशुलीमा खसेको कुरिनटारस्थित विपत व्यवस्थापन तालिम केन्द्रले जनाएको छ । तालिम केन्द्रका सशस्त्र प्रहरी उपरिक्षक गणेशबहादुर थापाका अनुसार साँझ अबेर गम्भीर अवस्थामा उद्धार गरिएका ३ जनाको उपचारका लागि लादै गर्दा बाटैमा मृत्यु भएको छ ।

    सशस्त्रका एसपी थापाले घटनाको खबर प्राप्त हुने वित्तिकै आफ्नो नेतृत्वमा ३५ जना उद्धार र खोजीमा सक्रिय रहेको जानकारी दिए । उद्धारमा इलाका प्रहरी मुग्लिनको टोली पनि तत्काल पुगेको थियो । खबरलगत्तै जिल्लाका प्रहरी प्रमुख एसपी बसन्त कुँवर घटनास्थल पुगेका थिए ।

    खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीको टोली गोताखोरसहित घटनास्थलमा पुगेको छ । २०६६ साउन २२ देखि ०६९ साउन २१ सम्म मुख्य सचिव भएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा गृह तथा परराष्ट्र मन्त्री थिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: पूर्व मुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरेसमेत ३ जना बेपत्ता Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top