728x90 AdSpace

  • ताजा ताजा

    अर्को महत्वपूर्ण जिम्मेवारी महिलालाई

    काठमाण्डु, ६ असोज सरकारले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । इन्जिनियर राजभण्डारी टेलिकममै कार्यरत थिइन् । भण्डारी टेलिकमको प्रमुख नेतृत्व सम्हाल्ने पहिलो महिला हुन् ।

    कार्यकारी निर्देशक छान्न गठित कार्यदलले राजभण्डारी र मदन खरेलको नाम सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले राजभण्डारीको नाम कार्यकारी निर्देशकका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए ।

    सरकारले टेलिकमको नयाँ कार्यकारी नियुक्तिका लागि सञ्चारसचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा समिति गठन गरेको थियो । निमित्त प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको दुई वर्षे कार्यकाल सकिएपछि नयाँ नियुक्ति भएको हो ।

    निर्देशको तलब २ लाख तथा अवधि ३ वर्ष हुनेछ । नयाँ निर्देशकाअनुसार निर्देशकलाई घरभाडा र सवारीलगायत सुविधासमेत उपलब्ध गराइने छ ।

    कार्ययोजना, योग्यता र अनुभवलका आधारमा राजभण्डारीको नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।
    News Source : Kathmandutoday.com

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अर्को महत्वपूर्ण जिम्मेवारी महिलालाई Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top