728x90 AdSpace

  • ताजा ताजा

    यस्ता छन् बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले गरेका घोषणा

    काठमाडौँ, २३ भदौ– व्यवस्थापिका–संसदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी तीन वर्षमा बागमती नदीलाई ढलमुक्त बनाउने बताएका छन् ।


    प्रधानमन्त्रीले भने, ‘रुपन्देही–पाल्पाको शिद्धबाबामा सुरुङमार्ग निर्माण कार्य, रसुवागढी काठमाण्डु रेलमार्ग सम्भाव्यताको काम तत्काल सुरु गरिने छ ।’

    उनले घोषणा गरिएका काठमाण्डु–तराई दु्रत मार्गको निर्माण, मध्यपहाडी लोकमार्गको निर्माण, देशभरमा १० वटा स्मार्ट सिटी निर्माणको कार्य थालीने जनाएका छन् ।

    विकास निर्माण कार्यमा नेपाली सेनालाई परिचालन गर्ने 
    विकास निर्माणको कार्यमा सेनाले देखाएको सक्रियताले सबैको मन जितेको बताउँदै उनले अब सरकारले विकास निर्माणमा उनीहरुलाई सहभागी बनाउने उल्लेख गरे ।

    प्रधानमन्त्रीले देशको सम्बृद्धी देशको लक्ष्य रहेको बताउँदै ऊर्जा, पर्यटन र कृषिमा क्रात् िल्याउनुपर्ने बताए । उनले भने, ‘विकास निर्माणका लागि विदेशी लगानी ल्याउनु आवश्यक छ । हालसम्म थालिएका विकास निर्माण कार्यमा ढिलाइ हुने, अलपत्र पर्ने देखिएको छ तर, अब त्यसो हुने छैन । कार्ययोजनाको सम्बन्धित निकायबाट नियमित अवलोकन गरिनेछ ।’

    सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गरिने 
    उनले चिकित्सा क्षेत्रमा सरकारले विशेष ध्यानमा राखि त्यसको विकासका लागि लागिपर्ने बताएका छन् ।
    रेमिटान्सले देश चलेको बताउँदै उनले त्यो रेमिटान्स भित्राउनेमाथि अन्याए भएको बताउँदै अब सरकाले उनीहरुलाई न्यान गर्ने बताए ।
    विदेशमा अलपत्र परेका र अफ्ट्यारोमा परेकालाई त्यहाँको दूतावासमार्फत उद्धारका लागि पहल गर्ने बताएका छन् । कम्तिमा पाँच मुलुकसँग श्रम सम्झौता गरिने उनले बताए ।

    साथै वैदेशिक उजुरीलाई तत्काल सम्बोधन गर्ने व्यवस्था गर्ने, विदेशमा मृतु हुनेका परिवारलाई दिँइदै आएको ५ लाखमा २ लाख थपेर ७ लाख दिइने प्रधानमन्त्रीले बताए ।

    आफू प्रधानमन्त्री भएपछि कालोबजारी, नाफाखोरी गर्ने र कम गुणस्तर भएका सामान बेचन्ेलाई दण्डीत गर्ने काम गरिएको बताएका छन् ।
    उपभोक्ताको हित विपरित काम गर्ने जो कोहीलाई पनि सरकारले नछाड्ने बताउँदै उनले सातै प्रदेशमा त्यसको सुरुवात गरेको बताए ।
    उनले सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गर्न आवश्यक कदम चालिने बताए । उनले भने, ‘देशभरका सम्भावित खानी, पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिने छ ।

    पछिल्लो समय भइरहेको सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले छिट्टै सडक व्यवस्थालाई कडा बनाउने र गुणस्तरमा सुधार गर्ने बताए ।

     प्रधानमन्त्रीले वर्तमान सरकारको मुख्य प्राथमिकता संविधान कार्यान्वयन भएको बताए । उनले संविधानलाई सर्वव्यापी बनाउन मधेसीसँग सम्बाद गर्दै अघि बढ्ने बताए ।
    आफू प्रधानमनत्री भएपछि सामाजिक धुव्रिकरण घटेको बताउँदै उनले असन्तुष्ट पक्षसँग वार्ता र संवाद गर्न तयार रहेको बताए । साथै संविधान संशोधनको प्रक्रिया छिट्टै अघि बढाउने प्रधानमन्त्रीको भनाइ छ ।

    संविधानको कार्यान्वयन र संघीयताको व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौति रहेको बताउँदै उनले त्यसका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: यस्ता छन् बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले गरेका घोषणा Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top