728x90 AdSpace

  • ताजा ताजा

    यस्तो पत्र बोकेर प्रधानमन्त्री भेट्न गयो विप्लव माओवादी



    काठमाडौँ, २१ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ सरकारले नियमित बजार अनुगमन गरिरहेको र त्यसबाट सकारात्मक परिणाम आइरहेको बताएका छन् ।


    नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले बजार अनुगमनलाई नियमित गर्ने र कालोबजारी तथा कमिसनखोरलाई कानुनको दायरामा ल्याउने प्रयास जारी रहेको बताए ।


    प्रधानमन्त्री दाहालले भने, ‘आमजनताको माग समावेश गरेर ज्ञापनपत्र बुझाउन आउनुभो, यसले आफूलाई काम गर्न सहयोग पुग्ने छ, यसैगरी सकारात्मक सहयोग गर्नुस्, सरकार पूर्णक्षमताका साथ जनतालाई राहत प्रदान गर्न क्रियाशिल छ ।’

    ज्ञापनपत्रमा दाल, चामललगायत दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशत सहुलियत दिन माग गरिएको छ । दाल, चामल, तेल, पिठो, दूध, तरकारी, फलफूल, मासु र मसलाको मूल्यमा ५० प्रतिशत सहुलियत दिन माग गरेको माओवादीका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।


    ज्ञापनपत्रमा किसानका सबै उत्पादन राज्यले खरिद गरी सिधै उपभोक्तासम्म पु¥याउने व्यवस्था गर्न, विचौलियाको जालो ध्वस्त पार्न र सो कार्यमा सङ्लग्नलाई कारबाहीको दायरामा ल्याउन, माथिल्लो कर्णाली, अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय कम्पनीसँग गरिएको आयोजना विकास सम्झौता पिडिए तत्काल खारेज गरी स्वदेशी पूँजीमा नै निर्माण गर्न आग्रह गरिएको छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: यस्तो पत्र बोकेर प्रधानमन्त्री भेट्न गयो विप्लव माओवादी Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top