728x90 AdSpace

  • ताजा ताजा

    भारतीय मिडियाले नेपालको यसरी अपमान गर्यो

    काठमाडौँ, २४ भदौ– प्राय नेपालको विषयमा समाचार आउँदा भारतीय मिडियाको हेपाहा प्रबृद्धी प्रस्ट देखिन्छ ।
    गत वर्ष नेपालमा गएको भूकम्प, भारतीय नाकाबन्दी होस् या अन्य कुनै राजनीतिक घटनाक्रममा भारतीय मिडियाले तथ्यहिन समाचार सम्प्रेषण गरेको तितो यथार्थ हामीसामू छ । अझ विशेष गरी क्रिकेट क्षेत्रमा विश्वभर क्रिकेटको महाराष्ट्रका रुपमा चिनिएको भारतले नेपाली क्रिकेट क्षेत्रलाई फुटेको आँखाले समेत हेर्दैन ।


    दक्षिण एसियाली राष्ट्र श्रीलंका, बंगलादेश र पाकिस्तानले नेपाली क्रिकेट क्षेत्रमा चासो देखाउँदै सहयोग गर्दै आएता पनि भारतले व्यवास्था गर्दै आएको छ । भारतमा हुने आईपीएलमा नेपाली खेलाडी सहभागी गराउने देखि लिएर नेपालको क्रिकेट विकासका लागि अन्य विषयसँग समेत भारत चुपचाप छ ।
    त्यसो त नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा भिन्न पहिचान बनाउन सफल हुनुमा खोलाडीको आफ्नै मेहनत, खेलप्रतिको लगाव, राष्ट्रपतिको प्रेम आदी विषय पहिलो नम्बरमा आउँछन् । त्यसैले कसैले टाउकोमा समाएर माथि पुर्याइदेओस् वा पुर्याइदिन्छ भन्ने कुनै सपना नेपाली क्रिकेटले बोकेको छैन । तर, उसले अन्तर्राष्ट्रियस्तरमा जुन पहिचान बनाएको छ त्यसलाई तोडमोड गर्ने, बग्याउने वा नगन्य रुपमा लिने अधिकार कसैको छैन र त्यो नेपालीलाई मान्य पनि हुँदैन ।

    तर, दुर्भाग्यबस बेलाबेला नेपाली क्रिकेटले माथिल्लोस्तरको खेल खेल्दा टोलीका खेलाडीलाई भारतीय खेलाडी भन्न पछि नपर्ने भारतीय मिडियाले बिहीबार कीसिमको समाचार छापेको छ । भारतको निकै चर्चित मिडिया नवभारत टाइम्सले नेपाली युवा खेलाडी सन्दीप लामिछानेको विषयमा प्रकाशन गरेको समाचार पढ्दा लाग्छ नेपाल क्रिकेटको दुनियामा नौलो राष्ट्र हो र यसले आजसम्म नत कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छ ।
    माइकल क्लार्कले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अस्ट्रेलियामा रहेको आफ्नो क्रिकेट एकेडमीबाट खेल्न बोलाएको विषयमा लेखिएको समाचारमा नेपाललाई ‘डोमिनेट’ गर्न खोजिएको छ ।
    आईसीसीद्धारा आयोजित  बंगलादेशमा भएको टी–२० विश्वकप क्रिकेट खेलिसकेको र हाल विश्व क्रिकेट लिग च्याम्पियनसीपको एक हिस्सा नेपाललाई सो मिडियाले, ‘क्रिकेट के नक्शे पर भारत के पड़ोसी देश नेपाल की कोई खास हिस्सेदारी नहीं हैं।’ भन्दै समाचार लेख्नु कत्तिको उत्तम होला ?

    यु–१९ विश्वकप क्रिकेटमा केही समयअघि मात्र भारतसँग प्रतिस्पर्धा गरेको नेपाललाई सो मिडियाले होच्याउँदै दशेमा कुनै अन्तर्राष्ट्रिय टीम नभएको टीप्पणी गरेको छ ।

    तर, सन् १९९६ देखि आईसीसी एसोसिएटेट सदस्य राष्ट्रको समूहमा रहँदै आएको नेपाली क्रिकेट टीम सन् १९९६ देखि प्रत्येक एसीसी ट्रफी टुर्नामेन्ट, एसीसी टि(२० कप,  आईसीसी ट्रफी मा भाग लिंदै आएको छ । त्यसैगरी नेपाललाई ट्वान्टी–२० क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको मान्यता समेत पाइसकेको छ । यस्तोमा भारतीय मिडियाले क्रिकेट जगतमा नेपालको कुनै हिस्सा छैन भन्नु राम्रो पक्ष होइन ।


    समाचारमा सन्दीपलाई हङकङमा प्रशिक्षणका क्रममा क्लार्कले मन पराएको बताइएको छ । त्यसमा पनि कुनै सत्यता छैन । मे महिनामा हङकङमा सम्पन्न हङकङ ब्लिज टी–२० प्रतियोगितामा सन्दीप क्लार्क क्याप्टेन रहेको टोलीबाट हेलेका थिए । त्यतिबेला सन्दीपले महत्वपूर्ण दुई विकेट लिएपछि हार्नै लागेको एक खेल क्लार्कको टीमले जितेको थियो । सोही खेलबाट क्लार्क नेपाली युवा सन्दीपदेखि प्रभावित भएका थिए ।


    उता गत माघमा बंगलादेशमा भएको यू–१९ विश्वकप प्रतियोगितमा सन्दीपले ५ खेलमा १ ह्याट्रिकसहित १४ विकेट लिएका थिए । त्यतिबेला उनको चर्चा विश्वभर चुलिएको थियो । क्रिकेटसम्बन्धी चर्चित वेबसाइट क्रिकइन्फो डट कमले उनलाई प्रतियोगिताभरि हेर्नलायक बलरको संज्ञा समेत दिएको थियो । तर, क्रिकेटको शक्तिशाली राष्ट्र मानिने भारतका मिडियाले यसबारे कुनै जानकारी नदिइ हावातालमा समाचार छापेको छ । काठमाण्डु टुडेबाट साभारः सम्पादक

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीय मिडियाले नेपालको यसरी अपमान गर्यो Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top