728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डले गल्ती गरेः यादव

    काठमाडौँ, २४ भदौ– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठन पुरा नहुँदै छिमेकी देशमा दूत पठाएर सरकारले गम्भिर गल्ती गरेको बताएका छन् ।


    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा निनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको विषयमा पत्रकारले राखेको निज्ञासामा उनले भने, ‘सरकार गठन पुरा नहुँदै छिमेकी देशमा दूत पठाउन नहुने थियो । यसमा सरकारले गम्भीर गल्ती गरेको छ । अब हेर्दै जानुहोस के–के असर पर्ने हो ।’

    केन्द्रले स्थानीय निकायमा हात हाल्नु गलत
    यादवले स्थानीय निकाय प्रादेशिक सरोकारको विषय भएकोले केन्द्रीय निकायले हस्तक्षेप गरेको आरोप लगाए । उनले प्रादेशिक संरचना र संघीयतालाई नै धरापमा पार्ने षड्यन्त्रको लागि स्थानीय निकायको चुनावको हल्ला चलाईएको बताए ।

    संविधान संशोधनमार्फत आफूहरुको माग सम्बोधन नभएसम्म चुनाव सम्भव नभएको यादवको दाबी थियो ।

    ‘संशोधनको नाममा संशोधन गरिए अमान्य’
    संशोधनको नाममा संशोधन गर्ने काम गरिए आफूहरुलाई त्यो कुरा कुनै हालतमा मान्य नहुने यादवले चेतावनी दिएका छन् । यादवले भने, ‘गठबन्धन वा मोर्चासँग सहमति नगरिकन संशोधन गरियो भने हामी त्यसको घोर विरोध गर्छौ, समष्टिगत रुपमा समस्याको समाधान हुनुपर्छ, त्यसको लागि संविधान संशोधन गर्नुपर्छ ।’

    बलजफ्ती नाम मात्रैको लागि संशोधन गर्ने काम गरिए आफूहरु सशक्त आन्दोलनमा होमिने चेतावनी दिँदै यादवले भने,‘आन्दोलनले संविधान बर्खास्त गर्छ, आँफैले गरेको गल्ती सुधार गर्ने वा सच्याउने अवसर हो, बल सरकारको कोर्टमा छ ।’
    ९० प्रतिशतबाट संविधान जारी भएको भन्नेहरुले नै आज आएर संविधान संशोधन गर्नुपर्छ भन्दै हिँडेकोले संविधान संशोधनको विकल्प नभएको यादवको भनाइ थियो ।

    प्रधानमन्त्रीले बोलेको कुरा पुरा गर्नुपर्छ
    प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदबाट जनताको नाममा गरेको सम्बोधनबारे प्रतिक्रिया दिँदै उनले भने, ‘प्रधानमन्त्रीले बोलेपछि पु्र्याउनुपर्छ, बोली बचनमा पक्का हुनुपर्छ ।’

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले गल्ती गरेः यादव Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top