728x90 AdSpace

  • ताजा ताजा

    प्रधानमन्त्रीले गर्ने भए भारतसँग यस्तो महत्वपूर्ण सम्झौता

    काठमाडौँ, २० भदौ– सोमबार संसदीय विकास समितिको बैठकमा उपस्थित हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हुलाकी राजमार्ग निर्माणबारे भारतसँग नयाँ सम्झौता हुने बताएका छन् ।


    प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा हुलाकी राजमार्ग निर्माणको जिम्मा भारतलाई दिने विषयमा सरकारले आन्तरिक छलफल गरेको समाचार आइरहेका बेला उनले सो कुराको पुष्टी गरेका हुन् ।

    तराईंको विकासमा महत्वपूर्ण आयोजना मानिएको हुलाकी राजमार्ग झन्डै दुई दशकदेखि अलपत्र परेको प्रशंग उठाउँदै प्रधानमन्त्रीले भने, ‘तराईको विकासमा हुलाकी राजमार्ग कोशेढुंगा हो । अब यसलाई धेरै लामो समयसम्म अनिश्चित बनाइराख्नु हुँदैन । मेरो आसन्न भारत भ्रमणका क्रममा यसबारे नयाँ सम्झौता हुनेछ ।’

    १ हजार ७ सय किलोमिटर रहेको पूर्व मेचीदेखि महाकालीसम्मका तराईका सम्पूर्ण जिल्लालाई जोड्ने हुलाकी राजमार्ग निर्माण सम्बन्धमा यसअघि पटक–पटक भारतसँग सम्झौता भएता पनि त्यसले कुनै गति लिन सकेको छैन ।

    गत वैशाखमा संसदीय विकास समितिका संयोजक रवीन्द्र अधिकारी नेतृत्वको संसदीय टोलीले स्थलगत भ्रमणमा गरी हुलाकी राजमार्गको अवस्था बुझेको थियो ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतलाई हुलाकी राजमार्ग बनाउने जिम्मा दिने सम्झौता गर्ने तर त्यसमा नेपाली कामदार लगाउने प्रस्ताव राख्ने तयारी गरेका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानमन्त्रीले गर्ने भए भारतसँग यस्तो महत्वपूर्ण सम्झौता Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top