728x90 AdSpace

  • ताजा ताजा

    नेपालमा पनि अव बेसवल प्रतियोगिता

    सन् २०२० को ओलम्पिकमा समावेश हुने निर्णय भएको बेसवल खेल अव नेपालमा पनि औपचारिक रुपमै शुरु हुन लागेको छ । द गोर्खा क्र्यु क्लवको आयोजनामा अशोज ११ गते द गोर्खा क्र्यु बेसवल प्रतियोगिता २०१६ हुने भएकोले बेसवलले नेपालमा पनि मुर्त रुप लिने विश्वास गरिएको हो ।

    १५ वर्ष उमेर समुहका विच खेलाईने प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ । नकआउट चरणमा खेलाईने खेल जुनियर लिगको नियमानुसार ५ इनिंगमा खेलाईने छ । नेपाल बेसवल तथा सफ्टवल संघ, गोलपोष्ट, सिंगापुर इन्टरप्राईजेज  को सहयोगमा हुने उक्त प्रतियोगिताका खेलहरु अमेरीकी राजदुतावासको खेल मैदान फोहरा दरवार, पाटन संयुक्त क्याम्पस, नेपाली सेना लगनखेल र पुल्चोक क्रिकेट मैदानमा हुने क्लवका अध्यक्ष दिनेश बजगाँईले जानकारी दिनुभयो ।

    यस प्रतियोगिताले नेपालमा वेसवल को दक्षता प्रदर्शन भई खेलको विकास एवम् विस्तार हुन सहयोग पुग्ने पनि बजगाँईले वताउनुभयो । यस प्रतियोगितालाई सहयोग गर्न संयुक्त राज्य अमेरीकाबाट प्रतिनिधि मण्डल समेत आउने भएका छन् ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालमा पनि अव बेसवल प्रतियोगिता Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top