728x90 AdSpace

  • ताजा ताजा

    उपाधी माथि सुन्सरीको कब्जा


    जनकपुरधाम ५ असोज । धनुषाको गणेशमान चारनाथ नगरपालिका अन्तर्गत बिरेन्द्रबजारमा हुँदै आएको सप्ताह ब्यापी फुटबल प्रतियोगिता माथि सुन्सरीले कब्जा जमाउन सफल भएको छ ।

     बिगत २३ बर्ष देखि इन्द्रपुजाको अवसरमा हुँदै आईरहेको ‘‘मध्यमाञ्चल र पुर्वान्चल ए डिभिजन’’ फुटबल प्रतियोगिता यस बर्ष सुनसरीले उदयपुर गाइघाटलाइ ५–१ ले पराजित गर्दै खेल माथी कब्जा जमाउन सफल भएको हो । निर्धारित समयमा आफ्नो अथक प्रयासका बाबजुद प्रतियोगितामा प्रथम स्थान हसिल गरेका सुन्सरी टिमलाई गणेशमान चारनाथ नगरपालिका का कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवले नगर रु. ५१ हजार सहित सिलड प्रदान गर्नुभएको छ । 

    त्यसैगरी सोही प्रतियोगितामा दोश्रो भएका उदयपुर गाईघाट टिमलाई नगद रु. ३१ हजार सहित सिल्ड एमालेका नेता रामबाबु यादवले प्रदान गर्नुभएको छ । 

    त्यसैबिच खेल अवधी भरी खेललाई मर्यादित र अनुसासित रुपमा सन्चालन गराउन सफल रेफ्री मनोज यादवलाई आयोजकले रु।१६ राशि बराबर को पुरस्कार प्रदान गरेको हो । 

    उक्त सप्ताह ब्यापी फुटबल प्रतियोगितामा मध्यमाञ्चल तथा पुर्वान्चलका जम्मा ८ वटा टिमको सहभागिता रहेको थियो ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: उपाधी माथि सुन्सरीको कब्जा Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top