728x90 AdSpace

  • ताजा ताजा

    स्वादहरू –हिमांशु चौधरी

    स्वादहरू
    –हिमांशु चौधरी
    कहिले उत्तरी स्तम्भको स्वाद

    कहिले दक्षिणी  स्तम्भको स्वाद
    सुन्दैछु–
    यही राष्ट्रियता हो
    यही स्वाभिमान हो
    अब चाँडै नै
    मन र
    घरमा स्तम्भको सफलताले वास गर्नेछ
    माटोको पहिचानका लागि स्तम्भ निर्णायक हुनेछ
    यता
    ठूलो सङ्ख्याले यसलाई अनिष्टकारी भन्दै
    अपनत्वको विरूवा रोप्दै
    सौरभको आशा गरिहेका छन्
    तर आश्चर्य !
    ठूलो सङ्ख्या आफ्नै घरमा अस्तित्वविहीन भएका छन्
    यी परिवेशले
    केही भागका समाज टाढ्दिै गएका छन्
    गाउँ– शहर उजाड हुँदै गएको छ
    अपनत्वको जरालाई कलिलोमै नष्ट गरिएको छ
    त्यसैले
    न त निश्छलता छ
    न त सामाजिकता छ
    यत्रतत्र
    अवसानको खेल भइरहेको छ

    स्तम्भहरू शकुनिको अवतार भएका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: स्वादहरू –हिमांशु चौधरी Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top